Logo

करिब साढे ७ करोड सडकबत्तीको महसुल बक्यौता



रौतहट, फागुन २७ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाले सडकबत्तीको बक्यौता करिब साढे ७ करोड रुपैयाँ रहेको जनाएको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगाहपुर शाखाअन्तर्गतका पाँचवटा नगरपालिकाको सडकबत्तीको महसुल बक्यौता रहेको हो ।

प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादवका अनुसार चन्द्रपुर, गुजरा, वृन्दावन, गरुडा र फतुवा विजयपुर नगरपालिकाले सडकबत्ती बालेबापतको सो महसुल बक्यौता रहेको देखिएको हो । सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाको १ करोड ९१ लख ५५ हजार ७६ रुपैयाँ बक्यौता देखिएको कार्यालय प्रमुख यादवले जानकारी दिए ।

यसैगरी, गुजरा नगरपालिकाको १ करोड ८७ लाख २३ हजार ६ सय ८६ रुपैयाँ, वृन्दावन नगरपालिकाको १ करोड ३० लाख २९ हजार ८ सय ३० रुपैयाँ, गरुडा नगरपालिकाको ७१ लख २२ हजार ३ सय ७१ रुपैयाँ र फतुवा विजयपुर नगरपालिकाको ८ लाख १५ हजार ९ सय ५८ रुपैयाँ गरी जम्मा ५ करोड ९६ लाख ४६ हजार ९ सय २२ रुपैयाँ सावा बाँकी रहेको प्रमुख यादवले जानकारी दिए । पाँच पालिकाको सो रकमको २५ प्रतिशत हर्जानासहित जम्मा ७ करोड ४५ लाख ५८ हजार ६ सय ५२ रुपैयाँ बक्यौता देखिएको वितरण प्रमुख यादवले बताए ।

सडकबत्तीको मात्रै सो रकम बक्यौतामा देखिएको उनको भनाइ छ । समयमै सो महसुल बुझाउन स्थानीय पालिकालाई आग्रह गरे पनि बुझाउन नआएको वितरण प्रमुख यादवले आग्रह जानकारी दिए । आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot