Logo

माओवादी महासचिव गुरुङको आरोप– एमालेकै कारण संक्रमणकालीन न्याय टुंगिएन



काठमाडौं, २८ फागुन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङले नेकपा (एमाले) कै कारण संक्रमणकालीन न्याय टुंगोमा नपुगेको आरोप लगाएका छन् ।

आज (आइतबार) माओवादी घटकहरुको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव गुरूङले एमालेले हरेक पटक संक्रमणकालीन न्याय टुंग्याउने विषयमा नकारात्मक धारणा बनाएको बताएका हुन् ।

‘यस विषयमा सदनमा विधेयक पुगेको छ । सदनले विगत कालमै आफ्नो काम पुरा गरिसक्ने अवस्था थियो । तर, पटक–पटक दलहरुका बीचमा सहमति नभई यो प्रक्रिया अगाडि बढ्न सकेन । दलहरुको बीचमा सहमति कायम गर्ने क्रममा लगातार अहिलेसम्म जे जति अवरोध पैदा भयो, एमालेको नेतृत्वले शान्ति प्रक्रियाको विषय टुंग्याउ हरहमेशा नकारात्म खाल्को धारणा रहदै आयो । पछिल्लो समयमा विधेयक अन्तिम समयमा पुगेको अवस्थामा पनि उहाँहरुको नाकारात्मक धारणाका कारणले अड्किराखेको छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot