Logo

चलचित्र कलाकार संघको अध्यक्षमा उप्रेती र निरौलाको प्रतिस्पर्धा



काठमाडौं, २८ फागुन । आगामी चैत ४ गते हुने चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदका लागि कलाकार रेजिना उप्रेती र मोहन निरौलाको उम्मेदवारी परेको छ ।

यसअघी कलकार तथा निर्देशक सबिन श्रेष्ठले पनी उम्मेदवारी दिने घोषणा गरेतापनी उनी पछि हटेका छन् ।
त्यस्तै सात जनाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। धनबहादुर बम्जन (डीबी), कविता गेलाल, शिवहरि नेपाल, सरिता गिरी, पवनप्रसाद खतिवडा, तेजकुमारी खतिवडा र विष्णुप्रसाद रिजालले उपाध्यक्षका लागि उम्मेदवारी दिएका हुन्।

महासचिव पदका लागि ५ जनाको उम्मेदवारी परेको छ। सञ्जय खतिवडा, धर्मानन्द आचार्य, सविन श्रेष्ठ, पनाह अधिकारी र उत्तम केसीले महासचिव पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। सचिवमा रामेश्वर बुर्लाकोटी र जीवन थापाले उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्