Logo

साहित्यिक चौतारी नेपालको ९औं वार्षिकोत्सव काठमाडौंमा सम्पन्न



काठमाडौं, २८ फागुन । नेपाली साहित्यको विकास र विस्तारसँगै सामाजिक कार्यमासमेत क्रियाशील संस्था साहित्यिक चौतारी नेपालको ९औं वार्षिकोत्सव सम्पन्न भएको छ । साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति भुपाल राईको प्रमुख आतिथ्यतामा कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चौतारी मुखपत्र अङ्क ५ सँगै चौतारीकी इजरायल शाखा सदस्य तथा साहित्यिक चौतारी नेपालका आजीवन सदस्य सिन्धु पौडेलको कृति मृतसागरको उचाइबाट एकैसाथ विमोचन गरिएको छ। वार्षिकोत्सवका अवसरमा चौतारीका ३५ वटा शाखाहरूमध्ये उत्कृष्ट शाखाका रूपमा जापान शाखा र भारत शाखालाई सम्मान गरिएको छ । साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरेलाईसमेत सम्मान गरिएको छ। कार्यक्रममा ६ जनालाई साहित्यिक चौतारी नेपालद्वारा आजीवन सदस्यीयताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालका ७ वटा शाखाका प्रतिनिधि क्रमशः कोशी प्रदेश शाखाका श्याम कुमार श्रेष्ठ, मधेश प्रदेश शाखाबाट यामुना प्राध्यानाङ, गण्डकी प्रदेश शाखाबाट शोभा खनाल कोइराला वाग्मती शाखा अध्यक्ष समा श्री, प्रतिनिधि कल्पना भट्टराई, लुम्बिनी प्रदेश शाखा सल्लाहकार वसन्त वलि वसन्ती, प्रतिनिधि,वन्दना भट्टराई, कर्णाली प्रदेश शाखा सचिव मनोज परियार र सुदूरपश्चिम प्रदेश शाखा प्रतिनिधि उमेश अवस्थी आदर्शले रचना वाचन गरेका थिए ।

कार्यक्रम विभिन्न साहित्यिक संस्थाहरूका प्रतिनिधिहरूले समेत रचना वाचन गरेका थिए । रचना वाचन गर्नेहरूमा रचनाका मुना समूह अध्यक्ष बालकुमार क्षेत्री,विश्व नेपाली साहित्य महासंघकाका केन्द्रीय कोषाध्यक्ष,के.बी पौडेल मधुवन गोधूलिको साथी अध्यक्ष गणेश बाबू अधिकारी लगायतका थिए ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सरू बस्नेतको स्वागत कविताबाट सुरु भएको कार्यक्रममा महानगरीय प्रहरी वृत दरवार मार्ग प्रहरी प्रमुख कोपिला चुडाल,नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी,साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरे समालोचक तथा त्रिभुवन विश्वविधालयका उपप्राध्यापक निमग्ना घिमिरे नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य डा. भागवत आचार्य चौतारी वरिष्ठ सल्लाहकार डा.देवी नेपाल लगायतकाले मन्तव्य राखेका थिए ।

साहित्यिक चौतारी नेपालका संस्थापक केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’ ले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदी संगमले गरेका थिए । कार्यक्रममा रचना वाचन गर्ने ७ वटै प्रदेश शाखाका प्रतिनिधि तथा अन्य साहित्यिक संस्थाका प्रतिनिधि वाचकहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्