Logo

‘एभ्रिथिङ एभरिवेयर’ले जित्यो ९५औं ओस्कार अर्वाड



काठमाडौं, २९ फागुन । यसवर्षको ९५औं ओस्कार अवार्डमा ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । नेपाली समयानुसार आज विहान भएको ओस्कार अवार्ड समारोहमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो फिल्मले पुरस्कार जित्यो ।

यो फिल्मले एक चिनियाँ –अमेरिकी लाउन्ड्री ब्यवसायको मालिकले उसको लेखापरीक्षकसँग गर्ने संघर्षको कथावस्तु पेश गर्छ । ‘एभ्रिथिङ एभरिवेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने दोस्रो गैरश्वेत अभिनेत्री घोषित भइन् । साथै, उनि यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री समेत बन्न सफल भइन् ।

त्यस्तै सर्वश्रेष्ठ अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल),सर्वश्रेष्ठ निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभरिवेयर अल एट वन्स), सर्वश्रेष्ठ सम्पादन – पल रोजर्स (एभ्रिथिङ एभरिवेयर अल एट वन्स) घोषित भए ।



प्रतिक्रिया दिनुहोस्