Logo

पद्मोदय माध्यामिक विद्यालयको हिरक महोत्सवमा प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद्मोदय माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गरेका छन् । आज (सोमबार) पद्मोदय माध्यामिक विद्यालयको ७७औं वार्षिक उत्सव कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको बताए । सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व आफूहरु माथि रहेको उनले बताए । र्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको पनि उनले जानकारी गराए । ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरूको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए ।

‘देशमा रहेको सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसाथ गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रूपमा विकास गर्न शैक्षिक गुरूयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रासामु छ । यसै यथार्थलाई ध्यान दिँदै वर्तमान सरकार यथाशीघ्र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य गरिरहेको छ,’– उनले भने ।

पद्मोदय माध्यामिक विद्यालयले शैक्षिक जगतको इतिहासमा नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । विद्यालयले गुणस्तरीय, सर्वसुलभ, प्राविधिक र स्वरोजगारीमुखी शिक्षा प्रदान गर्न थप प्रभावकारी भूमिका खेल्ने पनि उनले विश्वास व्यक्त गरे ।

तस्विरः प्रदीप राज वन्त



प्रतिक्रिया दिनुहोस्