Logo

बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायीहरुले गरे प्रर्दशन (फोटोफिचर)



काठमाडौं, फागुन। बैंक तथा वित्तीय संस्थाको व्याजदर घटाउन माग गर्दै उद्योगी तथा व्यवसायीहरुले राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालयमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ पनि सहभागी थिए । मेची उद्योग वाणिज्य संघ, लालवन्दी उद्योग वाणिज्य संघ, सुन्दरहरैचा उद्योग वाणिज्य संघ, नेपाल कस्मेटिक व्यवसायी संघ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाहरुको विरोध प्रदर्शनमा सहभागिता रहेको थियो । उनीहरुले प्रिमियम दर वृद्धि नियन्त्रन गर । बैंकिङ आतङ्क बन्द गर । लगायतका प्लेकार्ड बोकेर विरोध प्रर्दशन गरे ।



प्रतिक्रिया दिनुहोस्