Logo

निवर्तमान राष्ट्रपति भण्डारीलाई राष्ट्रपति पौडेलले गाडीमै पुर्याएर गरे विदाई



काठमाडौं, २९ फागुन । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाई गरेका छन् । उनलाई गाडीसम्मै पुर्याएर नवनिर्वाचित राष्ट्रपति पौडेलले विदाईमा आफ्नो सादगीपना प्रस्तुत गरेका छन् । पौडेलको सादगीपनालाई समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वहरुले प्रसंशा गरेका थिए ।

भण्डारीले राष्ट्रपतिमा सात वर्ष दूई कार्यकाल पुरा गरी शीतल निवासबाट विदाई भएकी छन् । उनी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति हुन् । उनको विदाईमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष लगायतको सहभागिता थियो ।

यसैगरी, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद्, संवैधानिक निकायका प्रमुखहरु, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरु, सञ्चारकर्मीलगायत सहभागी थिए ।

उनको विदाइको अवसरमा नेपाली सेनाले विषेश सम्मान अर्पण गरेको थियो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ । राष्ट्रपति भण्डारीले आफ्नो दुई कार्यकाल पुरा गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्