काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् । यादवले आगामी उपराष्ट्रपति निर्वाचनमा मत दिएर आफूलाई सहयोग गर्नका लागि लिङ्देनसँग आग्रह गरेका छन् ।
उपराष्ट्रपतिका उम्मेदवारले आफ्नो घरदैलो अभियानलाई तीब्र बनाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेर आफूलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरिसकेका छन् । यादवलाई मत दिनेमा प्रचण्ड र देउवाले प्रतिबद्धता व्यक्त गरिसकेका छन् ।




प्रतिक्रिया