Logo

निजी अस्पताल पोस्न रेडियोथेरापी सेवा बन्द



भक्तपुर, फागुन ३० । क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौं उपत्यकामा सञ्चालित एक मात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवा बन्द गर्ने भएपछि हजारौं क्यान्सरका रोगीलाई मर्का पर्ने भएको छ ।

कतिपय अवस्थामा क्यान्सरको शल्यक्रिया गरेको २१ दिनभित्र रेडियोथेरापी उपलब्ध गराइसक्नुपर्छ भने किमोथेरापीपछि पनि दिनुपर्ने हुन सक्छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। विष्णुदत्त पौडेलले २०७९ फागुन १ गते नै रेडियसन अन्कोलोजी विभागलाई लेखेको पत्रमा २०७९ चैत १ देखि अर्को व्यवस्था नभएसम्मका लागि यस्तो सेवा बन्द गरेको जानकारी गराएका थिए । जसमा करिब २ सय बिरामीलाई रेडियोथेरापीका लागि समय दिइसकेकाले फागुन मसान्तसम्म यस्तो सेवा उपलब्ध गराइसक्न पनि भनिएको थियो ।

सो सूचनाअनुसार अब बुधबार (चैत १) देखि भक्तपुर क्यान्सर अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (इएचएस) अन्तर्गतको रेडियोथेरापी सेवा सञ्चालन हुनेछैन । सो सेवा सञ्चालन भइहाले पनि निर्धारित समय तोकेर हुनेछ, जसले बढ्दो सेवाग्राहीको माग धान्न असम्भव हुनेछ ।

अर्थात् प्रतिदिन १ सय जनाभन्दा बढीले सेवा पाइरहेकोमा तोकिएको समयभित्र मात्र काम हुँदा ४० जनाले मात्र सेवा लिने अवस्था रहन्छ । आजको नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot