Logo

प्रचण्ड–बाबुराम दुवै कम्युनिष्ट होइनन्, उहाँहरुसँग मोर्चाबन्दी हुँदैन – आहुती



काठमाडौं, ३० फागुन । वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई दुवै कम्युनिष्ट नभएको टिप्पणी गरेका छन् ।

हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रचण्ड र बाबुराम अहिले कम्युनिष्टको सिद्धान्त र बाटोमा नभएको बताएका हुन् । प्रचण्ड र बाबुरासँग आफूहरुको मोर्चासमेत बन्न नसक्ने उनले बताए ।

‘प्रचण्डजी आफैं माओवादी होइनन्, पार्टीको नाम माओवादी राखेर हुन्छ ? माओवादी भनेको के ? माओवादी भनेको कम्युनिष्ट भनेको होइन ? प्रचण्डजी कम्युनिष्टको बाटोमा हुनुहुन्छ ? हुनुहुन्न । उहाँ दलाल पुँजीवादको बाटोमा हुनुहुन्छ । त्यसकारण उहाँ आफैं माओवादी होइन । बाबुरामजी त माक्र्सवाद नै बेठीक भनेर हिँडेको मान्छे उहाँ कहाँबाट माओवादी हुने ? प्रचण्डजी पनि कम्युनिष्ट होइन । बाबुरामजी पनि कम्युनिष्ट होइन । त्यसकारणले उहाँहरुसँग हाम्रो कुनै मोर्चाबन्दी हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot