Logo

नायिका वर्षाको वैवाहिक सम्बन्ध ९ महिना, गेलालले गरे अर्को बिहे



काठमाडौं, ३० फागुन । नायिक वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध समाप्त भएको छ।

गत वैशाख ९ गते अमेरीका बस्दै आइरहेका आशिष गेलालसँग विवाह गरेका सिवाकोटीको दुई महिना अगाडि नै काननूनीरुपमा सम्बन्ध विच्छेद गरेको खुलेको छ।

विवाहको केही महिनापछि समाजिक संजालहरुमा फलो र अनफलो गरेपछि उनीहरुको सम्बन्धमाथि खटनपटन भइरहेको चर्चा चलेको थियो।

काठमाडौंस्थित एक रिसोर्टमा सुटुक्क विवाह गरेका सिवाकोटी र गेलालको सम्बन्धपनि सुटुक्क कानूनीरुपमा टुंगीएको हो।

सम्बन्ध विच्छेदपछि सिवाकोटीले एकअर्कालाई बुझ्न नसकेर असमोदारी भएको बताएकी छिन्।

गेलालले भने सोमबार झापाकी समीक्षा विमलीसँग विवाह गरेका छन्।

गेलालले बिहे गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्