Logo

फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक, प्रेस मिटमा जे देखियो



काठमाडौं । यही चैत १७ गते अर्थात मार्च ३१ बाट रिलिज हुने फिल्म ‘प्रेमा’को वियोगान्त भावको गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।

फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतमा अरुणले प्रेमको पीडा पोखेका छन् । गीतमा अरुणले गायन रियालिटी शो ‘सुर सितारा’मा यो गीत गाएर प्रेम पीडा व्यक्त गरेको देखाइएको छ । गीत हेर्दा प्रेमकै कारण प्रमुख तीन पात्रबीच खटपट भएको बुझ्न सकिन्छ ।

गीतमा तीन पात्रको पीडालाई अलग अलग भावमा देखाइएको छ । केही दृश्यमा भने उनीहरुको प्रेमलाई पृष्ठभूमिका रुपमा प्रस्तुत गरिएको छ । गीत हेर्दा प्रेमको बढी पीडा शुभेक्षा र अरुणलाई भएको अनुभव गर्न सकिन्छ ।

फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।

गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया९काजु०को अभिनय छ ।

निर्देशक भण्डारीका अनुसार फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्छ । फिल्म गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५।१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल (WICA) को डीओपी छ ।

फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

तस्विर : दिनेश चौधरी/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्