Logo

रास्वपा पनि सरकारमा सहभागी हुन्छ– प्रधानमन्त्रीका सल्लाहकार



काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रिपरिषद् विस्तारमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सहभागी हुने बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापति लामिछानेले सरकारमा गएर जनताको पक्षमा काम गर्न चाहेकाले उनी सरकारमा सहभागी हुने बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुन्छ । रविजी सरकारमा गएर जनताका लागि केही गर्नुपर्छ भन्ने सोचमा हुनुहुन्छ । त्यो अवसर पाएको मलाई लाग्छ रास्वपाले गुमाउँदैन,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्