Logo

त्रिवि क्रिकेट मैदानमा खेल हेर्दै प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)



काठमाडौं, २ चैत्र । आइसिसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र युएईको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल त्रिवि क्रिकेट मैदान पुगेका छन्।

त्रिकोणात्म सिरिज अन्तर्गतको अन्तिम र महत्वपूर्ण खेल हेर्न उनी अहिले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान पुगेका हुन्। उनी नेपाली टोलीको हौषला बढाउन खेल मैदान पुगेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ। खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ। Photo By: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्