Logo

उपराष्ट्रपति निर्वाचन : एक भोटको कति महत्व ?



काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिका लागि आज मतदान प्रकिया चलिरहेको छ।

बानेश्वरस्थित संसद् भवनमा अहिले मतदान भइरहेको छ।

मतदानकै लागि मतदाता रहेका प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य र प्रदेशसभाका सदस्यहरु नयाँ बानेश्वरमा रहेका छन्।

मतदानकै क्रममा अस्पतालमा रहेका एक सदस्यलाई एम्बुलेन्स र स्टेचरको मद्धतबाट मतदानस्थल नयाँ बानेश्वर लगेर मतदान गराएका छन्।

जसपाका सांसद मोहमद अब्दुल कलाम आजाजलाई ट्रमा सेन्टरबाट संसद भवन लगिएको हो।

मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्रीसमेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए।

तस्बिरहरु : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्