Logo

हामी लोप नभएर को लोप हुन्छ : मन्त्री किराँती



काठमाडौं, ४ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विदेशी संस्कृति नेपालमा भएको तर नेपाली संस्कृतिमा नेपालमा नहुँदा हामी लोप हुने बताएका हुन्।

उनले भने, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौं। हाम्रो संस्कृति नीति बनाउनै सकेनौं, सकिएन छ। म त भर्खर मन्त्री भएको ६१ दिन भयो। चाइनिज कल्चर सेन्टर छ नेपालमा। स्पेनिस कल्चर सेन्टर छ नेपालमा । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा। तर नेपालको त केही पनि छैन। ऊसको चाहिँ यहाँ पनि छ। हाम्रो चाहिँ केही पनि छैन। संस्कृतिलाई रिसर्च गर्ने सेन्टरहरु खोइ? हामी लोप नभएर को लोप हुन्छ अब?’



प्रतिक्रिया दिनुहोस्