Logo

प्रधानमन्त्री दाहालले बोलाए गृह सचिवसहित सुरक्षा अधिकारीलाई बालुवाटार



काठमाडौं, ४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले गृह सचिवसहित सुरक्षा अधिकारीका प्रमुखहरुलाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्री दाहालले देशको पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन गृह सचिवसहित सुरक्षा अधिकारीका प्रमुखहरुलाई बालुवाटार बोलाएका हुन्।

प्रधानमन्त्री दाहालले भोलिहुँदै गरेको स्ववियु निर्वाचन, प्रहरीले मिटरब्याजीविरुद्ध गरिरहेको कारवाही र अन्य सुरक्षा सतर्कता सम्बन्धी जानकारी लिएको र देशको सुरक्षा ब्यवस्था भरपर्दो बनाउन निर्देशन पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्