Logo

भोलिको संसद्‍मा केही महत्वपूर्ण विधेयक आउँछन् : कांग्रेस सचेतक लेखक



काठमाडौं, ४ चैत्र । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भोलिको संसद बैठकमा केही महत्वपूर्ण विधेयक आउन लागेको बताएका छन्।

शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतकसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक लेखकले भोलिको संसद बैठकमा केही महत्वपूर्ण विधेयक आउन लागेको बताएका हुन्।

उनले भने, “संसद्लाई बढीभन्दा बढी बिजनेस दिनुपर्‍यो भन्ने कुरा भएको छ। भोलिको संसद्‍मा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपरेको छ। व्यक्ति बेपत्ता, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अघि बढ्दै छ। संवैधानिक परिषद्को कार्यविधिसम्बन्धी विधेयक अघि बढ्दै छ, प्रतिनिधिसभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्नेकुरा भएको छ।”



प्रतिक्रिया दिनुहोस्