Logo

स्ववियुको टिकट बालकोटबाट वितरण भएको होइनः गैरे



काठमाडौं, ५ चैत । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले अनेरास्ववियुले आफ्नो उम्मेदवार आफैं छानेको दाबी गरेका छन् ।
‘स्ववियु निर्वाचनमा पार्टीको संलग्नता हस्तक्षेप भन्ने तहको छैन । कुनै पनि कलेजमा बालकोटबाट टिकट वितरण भएको होइन । अनेरास्ववियुले आफ्नो उम्मेदवार आफैं छानेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता गैरेले विद्यार्थी संगठनहरु बदलिँदो परिस्थितिमा शैक्षिक सुधार, राष्ट्रियता, देशभक्ति, सुशासन र जनजीविकाको एजेन्डामा केन्द्रित हुनुपर्ने औंल्याए । उनले भने, ‘विश्वविद्यालय भोलिका देशका लागि चाहिने नेतृत्व र जनशक्ति तयार गर्ने, सिक्ने र सिकाउने थलो हो । त्यहाँ समाज परिवर्तनका लागि बहस हुनु पनि स्वाभाविक हो । गलत प्रवृत्ति नियन्त्रणका लागि स्ववियुमा असल विचार बोकेको र देशभक्त संगठन अनेरास्ववियुको नेतृत्व चाहिएको छ । त्यहाँ एजेन्डासहितको विद्यार्थी संगठनले जित्नुपर्छ ।’

समग्र शैक्षिक सुधारका लागि नयाँ शिक्षा विधेयक छिटोभन्दा छिटो ल्याउनु आवश्यक भएको पनि गैरेले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्