Logo

तारकेश्वरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ६ वटा ह्विलचियर वितरण (फोटोफिचर)



काठमाडौं, ५ चैत्र । सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल–भारत महिलामैत्री समाजको संयुक्त आयोजनामा नेपाल ए.पि.एफ. अस्पतालका विशेषज्ञ चिकित्सकहरुद्धारा तारकेश्वर नगरपालिका–५ अर्यालटार खेलकुद मैदानमा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

हिजो (शनिबार) सम्पन्न उक्त उक्त शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाक–कान–घाँटी, आँखा, हाडजोर्नी, बाल रोग, स्त्री रोग र अल्ट्रासाउण्डजस्ता सेवा प्रदान गरिएको नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवम् संघीय सांसद चन्दा चौधरीले जानकारी दिईन् । चौधरीकाअनुसार उक्त शिविर तारकेश्वर नगरपालिका ५ नम्बर वडा कार्यालय र रुद्रेश्वर महिला विकास समितिको सहकार्यमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा नेपालस्थित् भारतीय दूतावासका प्रथम सचिवहरु नवीन कुमार र नेहा पाण्डे, अस्पतालका प्रमुख डिआईजी डा. रुपक महर्जन र सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामछिाने अर्यालको उपस्थिति रहेको थियो । चौधरीका अनुसार सो अवसरमा ६ वटा ह्विलचियर पनि प्रदान गरिएको थियो । साथै, निःशुल्क औषधपनि वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्