Logo

स्ववियु : यसरी हुँदैछ मतदान (३९ तस्बिरमा)



काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचन आज भइरहेको छ। त्रिविका केही क्याम्पसहरुमा आन्तरिक विवादका कारण निर्वाचन हुन सकेका छैनन्।

नेपाल ल क्याम्पसमा भने स्ववियु निर्वाचन भइरहेको छ। विद्यार्थीहरु लाइनमा बसेर मतदान गरिरहेका छन्। अहिलेसम्म निर्वाचन शान्तिपूर्ण वातावरणमा भइरहेको बताइएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

२०६५ सालयत नियमित रुपमा स्ववियु निर्वाचन हुन सकेको थिएन। आज त्रिविका देशभरका ६० आंगिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा विहान ८ बजेदेखि निर्वाचन भइरहेको छ। निर्वाचन दिउँसो ४ बजेसम्म हुने बताइएको छ। लामो समयपछि भइरहेको स्ववियु निर्वाचनमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको छ।

तस्बिरहरु : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्