Logo

सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक संसद्‍मा पेश



काठमाडौं, ५ चैत्र । सरकारले प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश भएको छ।

प्रतिनिधिसभामा सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेश गरेकी हुन्।

विधेयक पेश गर्दै मन्त्री शर्माले विस्तृत शान्ति सम्झौता, सहमतिलगायतको जगमा विधेयक पेश भएको जानकारी दिइन्।



प्रतिक्रिया दिनुहोस्