Logo

धोकेबाज गायिकाले प्रेमीको फोटो सार्वजनिक गर्दै भनिन्, ‘तिम्रो साथले मलाई जीवित राख्छ’



काठमाडौं, ५ चैत्र । धोकेबाज नामक गीतबाट चर्चामा आएकी गायिका एलिना चौहानले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन्।

गायिका चौहानले इन्सट्राग्राममा प्रेमी विष्णु सापकोटाको तस्बिर सार्वजनिक गरेकी हुन्।

हाल अष्ट्रेलियामा रहँदै आएका सापकोटासँग गायिका चौहानले टिकटक बनाउन थालेपछि प्रेममा रहेको चर्चा चलेको थियो।

दुईटै सेतो ब्रस्तमा एकसाथ रहेको फोटो राख्दै चौहानले लेखेकी छिन्, ‘तिम्रो सम्झनाले मलाई जगाई राख्छ। तिम्रो सपनाले मलाई सुत्न दिँदैन। तिम्रो साथले मलाई जीवित राख्छ।’



प्रतिक्रिया दिनुहोस्