Logo

सरकारमा सहभागी हुने मन्त्री चयन गर्दै देउवा, यस्ता छन् आधारहरु…



काठमाडौं, ५ चैत्र । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

साथै, कांग्रेसले सरकारमा सहभागी हने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताका आधारमा चयन गर्ने निर्णय गरेको छ । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले आठ देखि १० वटा मन्त्रायल दाबी गरिरहेको छ ।

‘नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठक गर्दछ,’– आजको बैठकको निर्णयमा भनिएको छ ।

साथै, कांग्रेस सरकारमा सहभागी हुँदा दलको तर्फबाट कसले नेतृत्व गर्ने भन्नेबारेमा अझैपनि टुंगो लागिसकेको छैन । सरकारमा जाँदा दलको नेतृत्व गर्नेमा डा.शेखर कोइरा, प्रकाशशरण महत, विमलेन्द्र निधि, प्रकाशमान सिंहको नाम चर्चामा छ ।



प्रतिक्रिया दिनुहोस्