Logo

कांग्रेस डिलाशैनी सभापतिमाथि कुटपिट



बैतडी, ६ चैत्र । नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका सभापतिमाथि कुटपिट भएको छ।

आईतबार साझ आफ्नै कोठामा खाना पकाइरहेको बेला सभापति जोशीमाथि कुटपिट भएको हो।

सभापति जोशीमाथि कुटपीट गरेको आरोप लागेका विरेन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

जोशीमाथि कुटपीट भएको खबर आएको र दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको बैतडी प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

प्रवक्ता प्रहरी निरिक्षक जोशीले कुटपीटको कारण भने खुल्न नसकेको बताए।



प्रतिक्रिया दिनुहोस्