Logo

सांसद्‍ पद रिक्त रहेको संसद्‍मा जानकारी



कांठमाडौं, ६ चैत्र । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराएका हुन्। उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराए।

यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot