Logo

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकिने कुनै आधार देखिएन– विष्णु पौडेल



काठमाडौं, ६ चैत्र । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ । एमाले सांसद एवं प्रचण्डको मन्त्रिमण्डलका पूर्वअर्थमन्त्री विष्णु पौडेलले आज (सोमबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै एमालले प्रचण्डलाई विश्वासको मत दिने कुनै आधार र कारण नदेखेको बताएका हुन् । साथै, उनले सिंगो सदनलाई नै प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा उभिनसमेत आग्रह गरे । ‘उहाँ (प्रचण्ड) ले विश्वासको मत मागिरहनुभएको छ । मलाई के लाग्छ भने उहाँलाई विश्वासको मत दिन सकिने कुनै आधार र कुनै कारण देखिएन,’– उनले भने ।

पौडेलले प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहयात्रा तोड्नुको कारणसमेत सोधेका छन् । प्रचण्डले यस प्रश्नको जवाफ नदिए पनि इतिहासले निरन्तर यो प्रश्न सोधिराख्ने उनले बताए । ‘तपाईँलाई के त्यस्तो कारण पर्यो त्यो सहयात्राबाट यो सहयात्रामा फर्किनु भयो ? यदि तयाईँलाई यो सहयात्रामा फर्किनु थियो भने पुषको १० गते तपाई त्यो सहमतिमा किन पुग्नुभयो ? आज तपाईले जवाफ दिनुस् वा नदिनुस् । तर, इतिहासले तपाईँलाई निरन्तर प्रश्न गरिरहने छ,’– उनले भने ।

गत पुष १० मा एमालेले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दैगर्दा विभिन्न शर्तहरु राखेको उनको दाबी छ । ती शर्तहरुमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको रटानमा इमानदार हुन नसकेको उनको आराप छ । यो सरकार देशको समस्या समाधानमा भन्दापनि संसद्को अंक गणितमा रुमलिएको उनको उनको आरोप छ । साथै, प्रचण्ड नेपाली राजनीतिको क्रम भंगतको सुत्रधार प्रचण्ड भएको उनको आरोप छ ।

हामीले सशर्त उहाँलाई समर्थन दिएका थियो । त्यस परिस्थितिमा हाम्रा शर्तहरु थिए । हाम्रा शर्तहरु के थिए भने– तपाईको नेतृत्वमा बन्ने सरकार निसन्देह जनताको पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, संविधानको रक्षा, प्रयोग र सार्थक कार्यान्वयनको पक्षमा तपाईँ उभिनु पर्छ । मु्लुकमा आर्थिक क्षेत्रमा देखापरेका समस्याको समाधानका लागि सार्थक पहल गर्नु पर्दछ, भन्ने शर्तका साथमा न्यूनतम नीतिगत कार्यक्रमका साथमा हामीले समर्थन गर्ने प्रतिवद्धता जनाएका थियौं । नेकपा (एमाले) लगायतको दलको समर्थनमा उहाँ प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्