Logo

१० दलीय गठबन्धन पाँच वर्षसम्मै टिक्छ– माधव नेपाल



काठमाडौं, ६ चैत्र । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको १० दलीय गठबन्धन आगामी पाँच वर्षसम्मै टिक्ने दाबी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले १० दलीय गठबन्धन पाँच वर्षसम्मै टिक्ने र यसले राजनीतिक स्थायित्व दिने बताएका हुन् ।

‘अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ । राजनीतिक स्थायित्व दिन्छ । राष्ट्रका सामू रहेका सबै चुनौतीहरु सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ । यस कुरामा विश्वस्ता हुन सबै माननीय ज्यूहरु, सबै राजनीतिक दल र नेपाली जनतालाई म आह्वान गर्न चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्