Logo

स्ववियु निर्वाचन – देशभरका २४३ क्याम्पसको नतिजा सार्वजनिक, अनेरास्ववियु पहिलो



चैत ६ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ ।
त्यस्तै अखिल क्रान्तिकारिले ४७ कलेजमा निर्वाचन जितेको छ । ११ वटा कलेजमा एकिकृत समाजवादी, विप्लप, जनमत लगाएतका दल निकटका संगठनले जितेका छ । तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन ।



प्रतिक्रिया दिनुहोस्