Logo

स्वतन्त्र सांसद साहको एमालेलाई प्रश्न– ‘समर्थन फिर्ता लिँदा प्राप्त गरेको चिज फिर्ता गर्नु पर्दैन ?’



काठमाडौं, ६ चैत्र । स्वतन्त्र सांसद् प्रभु साहले नेकपा (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन के कारण फिर्ता लिएको हो प्रष्ट नभएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै साहले एउटा जिम्मेवार पार्टी एमालेले के कारणले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको हो आफूले बुझ्नै नसकेको बताएका हुन् ।

‘त्यतिबेलाको प्रमुख घटक नेकपा (एमाले) ले किन समर्थन फिर्ता लियो ? त्यो थाहा छैन । एउटा जिम्मेवार व्यक्तिले आएर बताउन सक्नुपथ्र्यो– किन त्यस्तो भयो ? तपाईले किन समर्थन गर्नुभएको थियो र अहिले समर्थन फिर्ता लिनुभयो ?’– उनले भने ।

साथै, नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा एमालेले ढोक्सा थापेको रुपमा लिएको उनले बताए । सभामुखमा एमालेको उम्मेदवार निर्वाचित हुँदा खुसी हुनेले कांग्रेसको राष्ट्रपति निर्वाचित हुँदासमेत खुसी हुन सक्नुपर्ने उनले बताए । ‘कांग्रेसले राष्ट्रपति पाउनै नहुने हो र ? एमालले सभामुख पाउँदा सबैले ताली बजाउन पर्ने ! एमालेकै प्रश्तावित प्रधानमन्त्रीलाई कांग्रेसले समर्थन गर्दा ढोक्सा थापेको रुपमा लिने । उत्साहित हुनुपर्दैन ?’– उनले प्रश्न गरे ।

एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासकाृे मत फिर्ता लिएसँगै प्रचण्डलाई समर्थन गर्दा पाएका चिजहरु पनि फिर्ता गर्नुपर्ने उनको दाबी छ । एमालेका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएसँगै प्राप्त चिज पनि पर्काउँदा राम्रो हुने उनको तर्क छ ।

एमालेले समर्थन फिर्ता लिँदा प्राप्त गरेको चिज फिर्ता दिनु पर्दैन ? प्रचण्डलाई समर्थन गर्दा अरु चिज प्राप्त गर्नुभयो एमालेका साथीहरुले त्यो फर्काइदिए राम्रो हुन्थ्यो नि !



प्रतिक्रिया दिनुहोस्