Logo

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाएका हुन्।

संसद्‍मा सहभागी २ सय ६२ सांसद्‍हरु मध्ये प्रधानमन्त्री दाहालको पक्षमा १ सय ७२ र विपक्षमा ८९ सांसदको मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।

प्रधानमन्त्री दाहाललाई नेकपा एमाले र राप्रपाका सांसदहरुले विश्वासको मत दिएनन्।

दाहालले पहिलो पटक पुस २६ गते संसद्‍बाट २७० सहभागी सांसद्‍मध्ये २६८ सांसदको मत पाएका थिए। तर, राष्ट्रपति निर्वाचनमा पुग्दा चुनावअघिकै गठबन्धन ब्युँतिएपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपरेको थियो।



प्रतिक्रिया दिनुहोस्