Logo

प्रधानमन्त्रीका लागि मात्रै कांग्रेससँग मेरो लभ परेको होइन– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन ठीक थियो भन्ने अभिव्यक्ति दिएपछि एमालेसँगको सहकार्य टुटेको स्पष्ट पारेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीले क्यानडा, इङ्ल्याण्ड र नेपालमा पनि संसद् विघटन गरेको नजीर छ भनेर आफूले गरेको संसद् विघटन ठीक थियो भन्ने भाष्य स्थापित गर्न खोजेको उनले बताए ।

‘मलाई बालकोट बोलाइएको छ भनेपछि पक्कै रियालाइज गरेर बोलाइएको होला भनेर । म अलि सोझो–साझो छु क्या मान्छे तपाईँले अलि गहिरो गरी हेर्नु भयो भने । होला त भनेर गएको म त । उहाँले सगौरव विश्वासको साथै मैले संसद् विघटन गर्नु सही हो । क्यानाडमा इङ्ल्याण्डमा यहाँ पनि शेरबहादुरले पनि संसद् विघटन गरेको भनेपछि त्यही दिन अब यो भंग ह्ुनेतिर गयो भन्नेमा पुगेको थिए,’– उनले भने ।

एमालेको संसद् विघटनको लडाईमा आफूहरु सडकदेखि अदालतसम्म पुगेको स्मरण गर्दै उनले आफूले त्यसपछि प्रचण्डलाई छाडेर गल्ति गरिएछ भनेर रियालाइज गरेको कांग्रेसलाई समर्थन गरेको बताए ।
‘त्यही (संसद् विघटनको) लडाइ लडिएको थियो हिजो । सडकमा, अदालतमा र सदनमा लडेको लडाइ यही आएपछि त म कसरी सक्छु त्यहाँ बस्न ? अर्कोतिर नेपाली कांग्रेस फेरि त्रुटी गरिएछ प्रचण्डलाई भनेर पश्चाताप गरेको देखेर मेरो लभ यता परिहाल्यो । त्यो लभ प्रधानमन्त्रीका लागि मात्रै परेको हैन है,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्