Logo

भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ : प्रधानमन्त्री दाहाल



काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका छन्।

सोमबार विश्वासको मत प्राप्त गरी संसद्‍बाट बाहिरिँदै गर्दा प्रधानमन्त्री दाहालले भोलिबाट नै सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुने बताएका हुन्।

उनले भने, ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ। अब गठबन्धनमा जो-जो दलहरु हामीसँग रहेका छन् दलहरुबीच छलफल भएर मन्त्रिपरिषद विस्तार हुन्छ। दुई चारदिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot