Logo

प्रचण्डबारे एमाले नेताको टिप्पणी : यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला !



काठमाडौं, ७ चैत्र । नेकपा (एमाले) का प्रभावशाली युवा नेता विष्णु रिजालले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनेलाई नै त्रास रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री दाहालले कतिबेला साथ छाड्ने हो वा मौका आउनासाथ साथ छाड्ने र पार्टनर बदल्ने गरेको उनको आरोप छ ।

सामाजिक सञ्जाल फेशबुककमार्फत नेता रिजालले महिना महिनामै विश्वासको मत लिएपछि विश्वास चाहीँ कसरी कायम हुन्छ र ? भन्दै प्रश्न पनि तेर्साएका छन् । उनले दुई महिनामा दुई पटक विश्वासको मत लिनुपर्ने बाधयाले प्रचण्डको छवि कस्तो छ भन्ने उजागर भएको पनि उल्लेख गरेका छन् ।

रिजालले लेखेका छन्–

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेलाई नै त्रास छ- यस मानिसले कति बेला साथ छाड्छ ! मौका आउनासाथ साथ छाड्ने र ‘पार्टनर’ बदल्नेले महिना-महिनामै ‘विश्वासको मत’ लिए पनि विश्वास चाहिँ कसरी कायम हुन्छ र ? प्रधानमन्त्री भएको दुई महिनाभित्रै दुई पटक विश्वासको मत लिनुपर्ने बाध्यताले पुष्पकमल दाहालको छवि कस्तो छ भन्ने उजागर हुन्छ ।
चुनाव कांग्रेससँग मिलेर लड्ने, प्रधानमन्त्री एमालेसँग मिलेर हुने अनि विश्वासको मत चाहिँ कांग्रेस-रास्वपासँग मिलेर लिने ! यति ‘डाइनामिक’ नेता संसारमा कमै भेटिन्छन् होला !



प्रतिक्रिया दिनुहोस्