Logo

चैत १५ र १६ गते काठमाडौंमा पहिलोपटक राष्ट्रिय न्यायिक समिति सम्मेलन हुने



चैत ७ काठमाडौं ।  यहि चैत १५ र १६ गते काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ।
काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलन हुन लागेको न्यायिक समिति संयोजक एवं काठमाडौं‌ महानगरकी उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।

देशभर स्थानीय तहका न्यायिक समितिहरूमा के कस्ता कामहरू भइरहेका छन् र काम गर्दा के कस्ता चुनौती छन्। त्यसबारे चर्चा हुनेछ, उनले भनिन्, ”कानुनमा के छ भनेर थाहा हुँदाहुँदै पनि काम गर्दा कठिनाइहरू आइरहेको हुन्छ। भएको कानुनलाई व्यवहारमा लागू गर्दा कुन कस्ता ठाउँमा कठिनाइ छ त्यसबारे कुरा गर्नेछौं”

उनका अनुसार सम्मलेनका लागि ७५२ वटा स्थानीय तहलाई नै निमन्त्रणा गरिएको छ। जसमा २१५ स्थानीय तहले सम्मेलनमा सहभागी हुने जानकारी गराइसकेका छन्।

यस्तै स्थानीय तहका पूर्व उपमेयहरूले पनि आफ्नो कार्यकालमा न्यायिक समितिमा काम गर्दाको अनुभव साट्ने छन्।
दुई दिन हुने सम्मेलनमा न्याय सम्बन्धी पाँच वटा कार्यपत्र प्रस्तुति हुनेछन्। त्यस्तै सम्मेलनपछि महानगरले देशभरका पालिकाहरूका न्यायिक समितिलाई दिशा निर्देश गरोस् भनेर घोषणा पत्र समेत निकाल्ने उपमेयर डंगोलले बताइन्।



प्रतिक्रिया दिनुहोस्