Logo

प्रधानमन्त्री दाहालद्वारा गोरखामा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडकको शिलान्यास (फोटोफिचर)



गोरखा, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखामा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक (२० किलोमिटर) को आज शिलान्यास गरेका छन् ।

उक्त सडकको शिलान्यास गर्न दाहाल आज गोरखा पुगेका हुन् । सो अवसरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति थियो ।

उक्त योजना अन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ। वूड हिल/लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी सडकको ठेक्का पाएको छ ।

 

तस्विर : प्रम सचिवाल/प्रदीपराज वन्त



प्रतिक्रिया दिनुहोस्