Logo

डिआइजी ज्ञवालीमाथि छानबिन गर्न अख्तियारको परिपत्र



काठमाडौं, ७ चैत्र । सोमबार मात्रै एआइजीबाट डिआइजीमा बढुवा भएका श्यामलाल ज्ञवालीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न परिपत्र गरेको छ।

अख्तियारले ज्ञवालीको नागरिकता र उमेर विवादबारेमा प्रमाणसहितको उजुरी परेकोभन्दै सो सम्बन्धमा आवश्यक छानबिन गर्न गृह मन्त्रालयलाई परिपत्र गरेको हो।

मन्त्रिपरिषद्‍ले सोमबार ज्ञवालीसहित ५ जनालाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्