Logo

नाइजेरियामा सात करोड बालबालिका पानीजन्य संक्रमणको खतरामा



। नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड आठ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा रहेको एक अनुसन्धानमा देखाइएको छ ।

संयुक्त राष्ट्रसंघीय बालकोषले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक प्रतिवेदनमा यहाँ पानीजन्य संक्रमणको खतरा बढी देखिएको र यहाँका ठूलो संख्याका नागरिक यसबाट संक्रमित हुने खतरा रहेको पाइएको बताइएको छ ।

बालकोषले यहाँ शुद्ध र सफा पिउने पानी, शौचालय, सरसफाइ र खानामा लगानी गर्नुपर्ने सुझाव नाइजेरिया सरकारलाई दिएको छ । यस्तो जोखिममा रहेका बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिएर सरसफाइ र खानेपानीका क्षेत्रमा आवश्यक मात्रामा लगानी गर्न र बालबालिकाको स्वास्थ्यमा आवश्यक नीति तथा कार्यक्रमहरू बनाउन पनि आग्रह गरिएको छ ।

देशमा आवश्यक मात्रामा पिउने शुद्ध पानी, चर्पी, स्वस्थ वातावरणको अभावका कारण यहाँका करिब एक तिहाइ बालबालिका स्वास्थ्य जोखिममा परेका युनिसेफले सोमबार सार्वजनिक गरेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस / सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्