Logo

मन्त्रिपरिषद्‍ विस्तारबारे बोले प्रधानमन्त्री दाहाल, ‘बिहानबाटै गठबन्धनमा गम्भीर छलफल सुरु भयो’



काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका छन्।

सडक शिलान्यासका लागि गोर्खा पुगेका प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताएका हुन्।

उनले भने, ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं। आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot