Logo

कागबेनीमा पिण्डदान गर्नेको घुइँचो



काठमाडौँ, ७ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ ।  रासस



प्रतिक्रिया दिनुहोस्