Logo

युक्रेनमा ‘युद्ध अपराध’ बारे पुटिनलाई दबाब दिन चीनका राष्ट्रपतिलाई अमेरिकाको आग्रह



चैत ७ , काठमाडौं ।  अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको विषयमा दबाब दिन चीनका राष्ट्रपति सी जीनपिनलाई आग्रह गरेको छ । रुस युक्रेन युद्ध सुरु भए यता पहिलो पटक रुसको राजकिय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी सँग अमेरिकाले यस्तो आग्रह गरेको हो ।

संचार माध्यम बीबीसीका अनुसार ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्ध विरामको मात्र खोजी पर्याप्त नहुने हुँदा रुसले युक्रेबाट सेना फिर्ता ल्याउन पर्नेकुरा रुसलाई बताउन सी लाई आग्रह गरेका छन् ।

‘‘हामी आशा गर्छौं कि राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी शहरहरू, अस्पतालहरू र विद्यालयहरूमा बमबारी रोक्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनुहुनेछ’’ किर्बीले भनेका छन । बीबीसी



प्रतिक्रिया दिनुहोस्