Logo

प्रधानमन्त्री कप फुटवलको लागि नेपाली टोलिको घोषणा



चैत ७ काठमाडौं । भोलि (मंगलवार)देखि राजधानिमा सुरु हुने प्रधानमन्त्री कप त्रीदेशिय फुटवलको लागी नेपालको तर्फबाट खेल्ने टोलिको घोषणा भएको छ ।

औपचारिक नियुक्तिको प्रक्रिया पूरा हुन बाँकी प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । टोलिमा सात नँया अनुहारले अवसर पाएका छन् । नेपाल , भुटान र लाओस गरी तीन टोली सम्मिलित खेलमा नेपालले भोलि लाओस सँग र १४ गते भुटानसँग खेल्नेछ । तीन टोलीले एकअर्कासँग खेलेपछि अंकका आधारमा दुई टिमले फाईनल खेल्नेछन् ।

नेपाली टिममा

गोलरक्षक -किरण कुमार लिम्बु, दीप कार्की र अभिशेक बराल

डिफेण्डर – सनिस श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी र निशान्त खड्का ।

मिडफिल्डर –  पुजन उपर्कोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास ।

फरवार्ड – आयुश घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी



प्रतिक्रिया दिनुहोस्