Logo

रंगशाला निर्माणबारे धुर्मुसको स्पष्टीकरण (भिडियोसहित)



काठमाडौं, ७ चैत्र । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका छन्।

धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे कलाकार धुर्मुसले स्पस्टिकरण दिएका छन्।

उनले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको बताएका छन्।

उनले भने, ‘यदि एक रुपैयाँपनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ। तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ।’

धुर्मुस-सुन्तली फाउण्डेशनमार्फत कलाकार धुर्मुसले आफूमाथि लागेको आरोप र क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्