Logo

नेपालमा आणविक कानुनको आवश्यकता छ : उपसभामुख राना



चैत ७ काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता औल्याएकि छन । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्वन्धमा सचेतना तथा राष्ट्रिय कार्यशालाको गोष्ठिलाई सम्वोधन गर्दै रानाले नेपालमा आणविक कानुन आवश्यक रहेको बताएकी हुन् ।

त्यस्तै उनले जलवायु परिवर्तनका कारण नेपालले धेरै असरहरु खेप्नुपरेको बताइन् । उब्जनी नहुने तथा पानीका मूलहरू सुक्ने समस्याका कारण बसाइँ सर्नुपर्ने अवस्था समेत आउन थालेको उनले बताइन् उनले नेपाल शान्तिको देश भएको र दुई ठुला मुलुकको विचमा रहेको उल्लेख गर्दै छिमेकी देशहरुले आणविक शक्ति प्रयोग गर्दा आणविक रुपमा नेपाललाई खतरा रहेको पनि उल्लेख गरिन् ।



प्रतिक्रिया दिनुहोस्