Logo

माओवादी अब जनयुद्धको विरासतले मात्रै चल्दैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ७ चैत्र । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी अब जनयुद्धको विरासतले मात्रै नचल्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादी पार्टी अब जनयुद्धको विरासतले मात्रै नचल्ने बताएका हुन्।

उनले भने, ‘वैचारिक स्पष्टता नहुनु ठूलो चुनौती भयो। पार्टी बलियो बनाउनेभन्दा पनि गुट बलियो बनाउने भयो। पार्टी सामूहिकतामा चलेन। अब जनयुद्धको विरासतले मात्रै चल्दैन। पार्टीलाई नयाँढंगले चलाउनु पर्छ। व्यवस्था ल्याउन जति पहल गरियो, अब कार्यान्वयन गर्दा नयाँ एजेण्डा लिएर जानुपर्छ।’



प्रतिक्रिया दिनुहोस्