Logo

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८ जना भाग्यमानीले पाए ११ कित्ता सेयर



काठमाडौं ८ , चैत । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा बुधबार आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निष्काशन गरेको थियो।

सेयरका लागि १३ लाख ५६ हजार ३४१ जनाले आवेदन दिएका थिए। जसमध्ये १३ ला ४८ हजार ३४२ आवेदन स्वीकृत भएको हाइड्रोपावरले जनाएको छ।

मागभन्दा बढि आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार कम्पनीको आइपीओ बाँडफाँट गरिएको हो। ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। तीमध्ये भाग्यमानी ८ जनाले थप १ कित्ता अर्थात् कूल ११ कित्ताका दरले सेयर प्राप्त गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्