Logo

अफगानिस्तानमा भूकम्प‚ कम्तीमा ५ जनाको मृत्यु



काठमाडौँ ८ चैत । अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का भारत र पाकिस्तानमा समेत महसुस गरिएको थियो । अफगानिस्तानमा भूकम्पबाट कम्तीमा ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

पाकिस्ताको हिन्द् कुश क्षेत्रमा भूकम्पको तीव्रता ६.८ म्याग्नच्यिुड रहेको पाकिस्तानी मौसम विज्ञान विभागले जनाएको छ । भूकम्पले इस्लामाबाद लाहोर र पेशावरलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ । पाकिस्तानमा कम्तीमा २ जनाको मृत्यु भएको र ६ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएको छ



प्रतिक्रिया दिनुहोस्