Logo

सांसद विमला राईको प्रश्न : प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ ? (भिडिओसहित)



काठमाडौं, ८ चैत्र । राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले प्रहरीले बोल्नेको मुख थुनेको विषय सदनमा प्रवेश गराएकी छिन् । उनले यसबारे सरकारसँग जवाफ मागेकी छन् । आज (बुधबार) बसेको राष्ट्रियसभाको बैठकमा उनले सो विषय उठाएकी हुन् ।मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राखेकी हुन् ।

उनले भनेकी छिन्–‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ?’

उनले संविधानले नागरिकलाई स्वतन्त्रतापूर्वक विचार राख्ने पाउने र बोल्न पाउने अधिकार दिएको उल्लेख गर्दै प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ भन्दै प्रश्न गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्