Logo

डुम्रे-बेसीसहर सडक तथा पुल निर्माणको विषयलाई लिएर भुजेलले भेटे राष्ट्रपतिलाई, यस्तो छ ज्ञापनपत्र



काठमाडौं, ८ चैत्र । दि गोर्खा इन्जिनियरिङ एण्ड सर्भिसेज प्रा.लि.का तर्फबाट वसन्तबहादुर भुजेलको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएको छ । सो क्रममा डुम्रे-बेसीसहर सडक तथा पुल निर्माणको क्रममा नेपाल सरकार तथा सम्बन्धित निकायबाट भए गरेका कामकारबाहीको कारण अति नै अन्याय परेको भन्दै राष्ट्रपतिसमक्ष सो समस्या समाधानको लागि अपिल गरिएको थियो ।

भुजेलले डुम्रे-बेसीसहर सडक र पुल निर्माण कार्यका लागि नेपाल सरकार सडक विभागद्धारा ठेक्का सम्झौता (मिति २०५२ मंसिर ११) मा भई सम्झौताअनुसार दुवै कार्य दि गोर्खा इन्जिनियरिङ् एण्ड सर्भिसेज इन्टरनेश्नल प्रा.लि.का कार्यकारी आफूले अख्तियारी पाई ठेक्का कार्यसम्पन्न गरेको जनाएका छन्।

उनले कम्पनीको तर्फबाट आफूले विगत लामो समयदेखि कानूनी, प्रशासनिक र राजनैतिक माध्यमद्वारा समस्याको समाधान खोज्न अनवरत प्रयत्न हुँदै आए तापनि आजको मितिसम्म आफूले पाउनुपर्ने क्षतिपूर्तिसहितको रकम प्राप्त गर्न नसकेको पनि उल्लेख गरेका छन् ।

यस्तो छ उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको ज्ञापनपत्र



प्रतिक्रिया दिनुहोस्